विपिनको शव काठमाडौं ल्याइयो, विमानस्थलमै प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली
३ कार्तिक २०८२, सोमबार १७:२०

काठमाडौं । गाजामा मारिएका नेपाली युवा विपिन जोशीको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थलमै उनीप्रति श्रद्धाञ्जली दिइएको छ ।
जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन प्रधानमन्त्री सुशीला कार्कीसहितका उच्च पदस्थहरू विमानस्थल पुगेका थिए । विपिनको शव आजै कञ्चनपुरस्थित उनको घरमा लगिने छ ।
कञ्चनपुरमै उनको अन्तिम संस्कार गरिने छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका जोशी हमासको अपहरणमा परेका थिए । अपहरणमै रहेका बेला उनको हत्या भएको थियो ।
हमासले इजरायलको आक्रमणमा विपिन मारिएको बताएको छ भने इजरायलले हमास लडाकुले विपिनको हत्या गरेको दाबी गरेको छ ।













