चितवनमा भयानक स्कुटर दुर्घटना, सवार दुवै जनाको मृत्यु
४ कार्तिक २०८२, मंगलवार ०९:३६

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र सोही ठाँउका २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा, उपचारकै क्रममा राति २ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्कुटर तीव्र गतिमा रहेकाले नियन्त्रण गुमेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल मै राखिएको छ ।













