अधिवक्ता स्वागत नेपाललाई साइबर ब्यूरोले किन बोलायो ?

४ कार्तिक २०८२, मंगलवार १०:१८

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीबिरुद्ध भ्रम फैलाएको भन्दै ब्युरोलाई नेपाललाई सोधपुछको लागि बोलाएको बताइएको छ ।

सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु अयोग्य रहेको भन्दै टिप्पणी गरेपछि उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा सोधपुछका लागि बोलाएको ब्युरोले जनाएको छ ।

अधिवक्ता नेपालले आफूलाई प्रहरीले सोमबार फोन गरेर साइबर ब्यूरोमा आउन आग्रह गरेको बताए। ‘म आजै आउ कि भनेको तर तिहार मानेर आउनूस् भन्नुभएको छ, तिहारपछि जान्छु काठमाडौं बाहिर नजान आग्रह गरेको छ’, अधिवक्ता नेपालले भने।

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो । वर्तमान सरकारले कसैले आलोचना गर्ने वित्तिक्कै प्रहरी प्रयोग गरेर त्रास फैलाउने कामले जनताहरु त्रसित बनेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*