सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै मन्त्रीहरु पनि सहभागी
४ कार्तिक २०८२, मंगलवार १८:२४

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि सहभागी भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी छन् ।
सर्वदलीय बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल पनि उपस्थित रहेका छन् ।
बैठकमा विभिन्न ११ दलका प्रतिनिधिहरू रहेका छन् ।













