सुम्निमा हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्न भएको छ । कम्पनीले आइपीओ निष्काशनको लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले जारी पुँजीको २० प्रतिशत आईपीओ निष्कासनका लागि माछापुच्छ्र्रे क्यापिटललाई संस्थागत परामर्श सेवाका साथै निष्कासन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको हो ।
कात्तिक २ गते भएको विक्री प्रबन्धक तथा संस्थागत परामर्श सेवा सम्बन्धि सम्झौता माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र कम्पनीका अध्यक्ष आषिश सुवेदीले हस्ताक्षर गरेका छन् । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले भोजपुर जिल्लामा पिखुवा खोलाको पानीको उपयोग गरी ४ दशमलव ९ मेगावाट क्षमताको माथिल्लो पिखुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणका लागि आईपीओमार्फत पूँजी जुटाउन लागेको हो ।













