शिव श्री हाइड्रोपावरको अवितरित हकप्रद शेयर लिलाममा

९ कार्तिक २०८२, आईतवार ०७:२१

काठमाडौं । शिव श्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारण समूहको अवितरित ८ लाख ६५ हजार ८४५ कित्ता हकप्रद शेयर लिलाममा राखेको छ। कम्पनीले भदौ १९ गतेदेखि असोज २३ गतेसम्म हकप्रद शेयर निष्कासन गर्दा बाँकी बसेको उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो।

कम्पनीले शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। यसमा आवेदन दिंदा कम्तीमा १०० कित्ता र बढीमा १० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा कात्तिक २० गते बिहीबारदेखि कात्तिक २७ गते बिहीबार दिउँसो ३ बजेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ।

यस्तो बोलपत्र डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड र सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्यूरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइँनेछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम सिटिजन्स क्यापिटल लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*