२ लाख ५१ हजारले पाउने श्रीनगर एग्रीटेकको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

९ कार्तिक २०८२, आईतवार १२:२७

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा १६ लाख ९१ हजार भन्दा बढीको हात रित्तो हुने भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ८.६४ गुणा बढी अर्थात् १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका छन् ।

आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो । कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरुका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो ।

मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुँदा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् । सोहि मध्यका ३ जनाले भने १।१ कित्ता थप गरी ११ कित्ता शेयर पाउने छन् ।

कम्पनीको आईपीओ सम्भव भएसम्म यहि साता भित्र बाँडफाँट गर्ने गरी तयारी भइरहेकोका लागि बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ्गले जनाएको छ । यो साता भित्र आईपीओ बाँडफाँट हुन नसके अर्का साताको सुरुवातमा नै जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*