सानिमा बैंकको अध्यक्षमा पौडेल पुनः नियुक्त, सञ्चालकमा पराजुली र कुम्पाख चयन
९ कार्तिक २०८२, आईतवार १३:०६

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्षमा पुनः नियुक्त गरेको हो ।
कम्पनीको २१ औँ वार्षिक साधारण सभाबाट पौडेल सहित बलराम पराजुली र निशा कुम्पाख निर्विरोध निर्वाचित भएका थिए । सोही दिन बसेको सञ्चालक समितिको बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
सभाले एसएआर एसोसिएट्स चार्टर्ट एकाउन्टेन्टस्लाई चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न वाह्य लेखापरीक्षकमा नियुक्त गरिएको छ ।














