सूर्यज्योति लाइफद्वारा असोजमा ३ करोड बढी बीमा दावी भुक्तानी
९ कार्तिक २०८२, आईतवार १३:४०

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज महिनामा तीन करोड ४२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ ।
कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै असोज महिनामा ११२ वटा बीमा दावी भुक्तानी बापत उक्त दावी भुक्तानी गरेको जानकारी दिएको हो ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कुल १५ करोड २४ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरको छ । यस अवधिमा कम्पनीले कुल ४५२ वटा बीमा दावी फछ्र्र्याैट गरेको छ ।














