यी १० कम्पनीको शेयरमूल्यमा छायो हरियाली

९ कार्तिक २०८२, आईतवार १५:१६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर २५०९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै विभिन्न सेक्टरका ९८ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा एसबिएल डिभेञ्चर २०८९ को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, आइतबार समता घरेलु लघुवित्तको ८.८९ प्रतिशत, हिमालयन पावर पार्टनरको ७.६३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ७.१० प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*