एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको कार्यकाल समाप्त
९ कार्तिक २०८२, आईतवार १६:५१

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत विजया स्वारको चार वर्षे कार्यकाल समाप्त भएको छ।
बैंकको २०७८ कात्तिक १० गते बसेको सञ्चालक समितिको ५१२औं बैठकले स्वारलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो। उनको कार्यकाल २०८२ कात्तिक ९ गते सकिएको हो ।














