तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक घट्यो

काठमाडौं । आइतवार तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ । ५ दशमलव १९ अंकले बढेर बन्द भएको बजारमा तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ७ दशमलव १६ प्रतिशत घटेको हो । प्रतिकित्रा ५७ रुपैयाँले घटेर यस कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता ७३९ रुपैयाँ कायम भएको हो । यस दिन कम्पनीको २ करोड १ लाख २२ हजार रुपैयाँभन्दा बढीका २७ हजार ८९२ कित्ता शेयर कारोबार भएको छ ।
नेपालकै पुरानो पाँचतारे होटेल कम्पनीमध्येकै एक प्रतिष्ठित यस कम्पनीले अनिश्चित कालका लागि बन्द भएको जानकारी गराएसँगै लगानीकर्ता निरास भएका हुन ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा होटेलमा तोडफोड भएको र त्यसको पुननिर्माणका लागि भन्दै होटेल अनिश्चित कालका लागि बन्द गर्ने निर्णय भएको हो । दोस्रो बजारमा सूचीकृत यस कम्पनीले होटल अनिश्चित कालका लागि बन्दको सूचना नेप्सेमार्फत गराउनुपर्ने भएपनि हालसम्म गराएको छैन् । धितोपत्र बजार मूल्यमा असर पार्ने खालका जानकारी समयमै नेप्सेमार्फत सार्वजनिक गर्नुपर्ने भएपनि कम्पनीले यसको जानकारी नेप्सेमार्फत गराएको देखिदैंन ।













