आज श्रद्धापूर्वक छठ पर्व मनाइँदै
१० कार्तिक २०८२, सोमबार ०७:१९

काठमाडौं । सूर्य भगवानको आराधना र आस्थाको पर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विशेषगरी तराई मधेसका जिल्लाहरूमा धुमधामका साथ मनाइने यो पर्व देशका पहाडी र शहरी क्षेत्रमा पनि विस्तार भएको छ।
श्रद्धालु महिलाहरुले बिहानदेखि निराहार रही सन्ध्याकालीन सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा रहेका कारण आज नदी, पोखरी र तलाउहरुमा व्रतालुहरूको ठूलो भीड हुने गर्छ।
छठ पर्वमा सूर्य भगवानप्रति कृतज्ञता व्यक्त गर्दै परिवारको दीर्घायु, सुख, समृद्धि र स्वास्थ्यको कामना गरिन्छ। यसै अवसरमा आज देशभर सार्वजनिक बिदा समेत रहेको छ जसकारण सरकारी कार्यालय, शिक्षण संस्था लगायत नेप्से समेत बन्द रहनेछ।













