३६ जना सहसचिव सरूवा, को कहाँ पुगे ? (सूचीसहित)

१० कार्तिक २०८२, सोमबार १२:१४

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ जना सहसचिवको सरूवा गरेको छ। गृहले आइतबार ललितपुर, रूपन्देही, डडेल्धुरा, गोरखासहित विभिन्न जिल्लाको सिडिओ सरूवा गरेको हो।

मन्त्रालको निर्णयानुसार सहसचिव र प्रजिअ गरी ३६ कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको हो । मन्त्रालयले जारी गरेको सूचनामा ३१ जना प्रमुख जिल्ला अधिकारी, एक प्रमुख अध्यागमन अधिकृत, दुई सहसचिव र दुई महानिर्देशकको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ ।

गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत खिमबादुर रायमाझीलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई गौतबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृत बनाइएको छ ।

गृह मन्त्रालयका सहसचिव वासुदेव घिमिरेलाई झापाको प्रजिअमा सरुवा गरिएको छ भने झापाका प्रजिअ गोपालकुमार अधिकारीलाई काभ्रेपलाञ्चोकको प्रजिअमा सरुवा गरिएको छ ।

यस्तै गृहका सहसचिव गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअमा पदस्थापन गरिएको छ भने बर्दियाका प्रजिअ सुरेन्द्र पौडेललाई सिरहामा सरुवा गएिको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*