प्रधानमन्त्री कार्कीबारे बोलेकै भरमा अधिवक्ता स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान
१० कार्तिक २०८२, सोमबार १५:५४

काठमाडौं। अधिवक्ता स्वागत नेपालसँग प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सोधपुछ गरेको छ । ब्यूरोले बोलाएपछि उनी आइतबार भोटाहिटी स्थित ब्यूरोको कार्यालयमा उपस्थित भएका थिए ।
अनुसन्धान अधिकृतहरूले अधिवक्ता नेपालसँग अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीबारे गरेको टिप्पणीबारे सोधपुछ गरेका हुन् । अधिवक्ता नेपालसँग सोधपुछ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए ।
अधिवक्ता नेपालले अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ती असबैधानिक रहेको भन्दै चर्को आलोचना गरेका थिए । नेपालको संबिधानले नागरिकलाई बोल्न पाउने, आफ्नो अभिव्यक्ति राख्न पाउने अधिकार दिएको छ ।
वर्तमान अन्तरिम सरकारले कसैले बोलेकै भरमा, आफ्नो धारणा राखेकै भरमा प्रहरीले बोलाएर बयान लिनुलाई सहजै रुपमा हेर्न नसकीने अधिवक्ता नेपालको धारणा रहेको छ ।













