आज छठपर्वको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरिंदै

११ कार्तिक २०८२, मंगलवार ०७:३४

काठमाडौं । चारदिनसम्म मनाइने छठपर्व आज उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिंदैछ। सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएपछि आज बिहान उदाउँदो सूर्यलाई पूजा–अर्चना गर्दै भक्तजनले पर्वको विधिवत् समापन गरेका छन्।

सूर्यदेवको आराधना र परिवारको सुख–समृद्धिका कामनाका साथ मनाइने यो पर्व विशेष गरी तराई क्षेत्रमा धुमधामका साथ मनाइन्छ। छठपर्वको अन्तिम दिन ‘उषा अर्घ्य’ दिंदै उपासकहरूले ४८ घण्टाको निराहार व्रत समाप्त गर्छन्।

पर्वका क्रममा नदी, पोखरी, तलाउ लगायतका जलाशयमा भीड लागेका छन्। भक्तजनले बिहानै उठी शुद्ध भई सूर्यलाई दूध, जल र विविध प्रसादसहित अर्घ्य अर्पण गर्दै परिवारको सुख तथा समृद्धिको कामना गर्ने गर्छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*