उच्च पहाडी भूभागमा व्यापक हिमपात, काठमाडौं नजिकै कहाँ पर्ला हिउँ ?

११ कार्तिक २०८२, मंगलवार ०८:१५

काठमाडौं । एकाएक मौषममा आएको परिवर्तनसँगै देशका उच्च पहाडी भागहरुमा व्यापक हिमपात सुरु भएको छ । मुस्ताङको मुक्तिनाथ, मनाङको ट्याङ्की मनाङ लगायतको क्षेत्रमा व्यापक हिमपात सुरु भइसकेको छ ।

जल तथा मौषम विभागका अनुसार आजको लागि उच्च पहाडी भुभागमा हिमपातको सम्भावना रहेको छ । सोही आधारमा मुस्ताङले हिमपात भारी हुनसक्ने भन्दै नयाँ यात्रीहरुलाई मुस्ताङ भ्रमणमा ननिस्कन भनिसकेको छ ।

पश्चिमी वायुको प्रभावको कारण हिमपात भएकोले अब उत्तरी गोरखा, धादिङ, रसुवा हुँदै उक्त हिमपात पूर्वतर्फ सर्दै अघि बढ्ने सम्भावना रहेको छ । जल तथा मौषम विभाग विभागले स्पष्ट रुपमा नभने पनि काठमाडौं उपत्यका वरपरका उच्च पहाडी भागमा हिउँ पर्न सक्ने जनाएको छ ।

जल तथा मौषम विभाग विभागका सूचना अधिकारी दिनकर कायस्थले भने, ‘काठमाडौं उपत्यकाभित्रै चाही होइन, अग्ला पहाडहरुमा हिउँ पर्न सक्छ ।’ सो आधारमा काठमाडौं उपत्यकाका नजिकका पहाडहरुमा हिउँ पर्न सक्ने सम्भावना रहेको छ ।

आज दोलखाको कालिन्चोक लगायतका क्षेत्रमा भने हिउपर्न सक्ने सम्भावना छ ।

फाइल तस्विर ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*