माथिल्लो मैलुङ खोला जलविद्युतको १२औं वार्षिक सभाको माइन्यूट
११ कार्तिक २०८२, मंगलवार १०:४२

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले १२औं वार्षिक साधारण सभा सम्पन्नको निर्णय पुस्तिका सार्वजनिक गरेको छ ।
कम्पनीको १२औं वार्षिक सधारणसभाले प्रस्ताव गरेका सबै प्रस्तावहरु पारित गरेको छ । उक्त सभा काठमाडौंको सुकेधारामा सम्पन्न भएको थियो ।
साधारणसभामा ८८ जना शेयरधनीहरुको सहभागिता रहेको थियो । सभामा अधिकांश शेयरधनीहरुको कम्पनीको वित्तीय विवरण तथा लेखापरिक्षणका बारेमा खबरदारी गरेका थिए ।
Mathhilo Mailung Khola












