निरन्तर सुनको मूल्यमा भारी गिरावट, मंगलबार प्रतितोला कति ?
११ कार्तिक २०८२, मंगलवार १०:५४

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्यमा भारी गिरावट आइरहेको छ । आज सुन फेरी तोलामा दुई हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ३७ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, सोमबार तोलामा दुई हजार ९८० रुपैयाँमा किनबेच भइरहेको चाँदी मंगलबार पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला दुई हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ ।













