गोर्खाज फाइनान्सकी सञ्चालक नीलम बोहराले दिइन् राजीनामा

११ कार्तिक २०८२, मंगलवार १०:२२

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिकी सदस्य नीलम बोहराले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिकी सदस्य रहेकी बोहराले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी हुन्।

उनको राजीनामा आज कात्तिक ११ गते मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले आजैका दिनदेखि लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव यान सिं राईले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*