हिमालयन पावर पार्टनरमा झुम्मिए लगानीकर्ता, यी १० को उच्च कारोबार

११ कार्तिक २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार उच्च अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै कारोबार रकम पनि बृद्धि भएको छ । मंगलबार विभिन्न सेक्टरका ३१४ वटा कम्पनीहरुको शेयर खरिद–बिक्री भएर चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज २४ करोड ९४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, आज युनियन हाइड्रोपावरको २३ करोड २२ लाख रुपैयाँ, राधि जलविद्युत कम्पनीको २१ करोड ९८ लाख रुपैयाँ, बुटवल पावर कम्पनीकोे १९ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*