राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालद्वारा राजीनामा
११ कार्तिक २०८२, मंगलवार १७:३८

काठमाडौं । राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले पदबाट राजीनामा दिएका छन् । मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो । सचिव अर्यालले आजैदेखि लागू हुने गरी राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिअनुसार सचिव अर्यालले राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन २०७५ को दफा (६) को खण्ड ‘क’ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा स्वीकृत हुन पदबाट लिखित राजीनामा दिएको जनाइएको छ ।














