आफ्नै पूर्व कर्मचारीले धोका दिएपछि प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचन पक्राउ

११ कार्तिक २०८२, मंगलवार २१:४८

काठमाडौं । प्रभु ग्रुपका देवी प्रकाश भट्टचन पक्राउ परेका छन् । आफ्नै पूर्व कर्मचारी कुसुम लामाको जाहेरीको आधारमा सहकारी हिनामिना प्रकरणमा भट्टचन पक्राउ परेका हुन् ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज ललितपुरबाट पक्राउ गरेको हो । भट्टचन नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद समेत बनेका थिए । एमालेलाई चन्दा दिएर सांसद बनेका भट्टचनका विरुद्धमा उनकै पूर्व कर्मचारी कुसुम लामाले प्रभु ग्रुपले सञ्चालन गरेको सहकारीको रकम हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् ।

लामा प्रभु म्यानेजमेन्टका मुख्य कर्मचारी हुन् । प्रभु ग्रुपमा रहेर काम गर्दासम्म कुसुम लामालाई भट्टचनले धेरै विश्वास गर्ने उच्च प्रशासक थिईन् । दुई वर्षअघि आर्थिक विषयमा विवाद सुरु भएको थियो ।

उनीहरुका बीचमा कारोबार कसरी बिग्रियो र के कति कारणले आफ्नै पूर्व कर्मचारीले प्रभु ग्रुपका अध्यक्ष भट्टचनमाथि प्रहरीमा उजुरी दिई मुद्दा पर्यो भन्ने तथ्य छानविनपछि खुल्नेछ ।

उक्त विषयमा दुई पक्षका बीचमा लामो समयदेखि विवाद चल्दै आएको थियो । उनलाई प्रहरीले पक्राउ गरेर सिआईबीको हिरासतमा पुर्याएको छ । अब सो सम्बन्धमा मुद्दा चलाउने तयारी भइरहेको छ । भोलि नै अदालतमा पुर्याएर म्यादको लागि माग हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*