खानी खोला हाइड्रोपावरको अवितरित हकप्रद शेयर बिक्री खुला

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण समूहतर्फको अवितरित ४ लाख ५९ हजार ३४९ कित्ता हकप्रद शेयरमा लिलाम बिक्री खुला गरेको छ।
कम्पनीले गत भदौ ३ गतेदेखि असोज ५ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेर बाँडफाँड गर्दा उक्त शेयरका लागि आवेदन नपरेकाले बाँकी बसेको थियो। कम्पनीले सोही शेयर अब लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखेको हो। शेयरमा आवेदन दिंदा कम्तीमा १०० कित्ताका लागि र बढीमा १० ले निःशेष भाग जाने अंकमा वा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ।
शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ रहेको छ। यसमा इच्छुक लगानीकर्ताले कात्तिक १२ गतेदेखि कात्तिक १९ गते बुधबार दिउँसो ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।
बोलपत्र डिल्लीबजारस्थित बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड वा सिटिजन्स बैंकको कुमारीपाटी, ठिमी, इटहरी, विराटनगर, बिर्तामोड, वीरगञ्ज, सुर्खेत, जनकपुर (भानुचोक), नेपालगञ्ज, नारायणगढ, धनगढी, पोखरा (न्युरोड), बुटवल (पाल्पा रोड) र हेटौंडा शाखा कार्यालयमा पाइनेछ। यसमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायत इच्छुक सबैले शेयर खरीदका लागि बोलपत्र पेश गर्न सक्नेछन्।













