सोलुखुम्बुमा अवतरणको क्रममा हेलिकप्टर दुर्घटना

१२ कार्तिक २०८२, बुधबार ०९:०६

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।

लुक्लाबाट उडेको उक्त हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै चिप्लिंदा दुर्घटनामा परेको हो। उक्त हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र सवार रहेको र दुर्घटनापछि हेलिकप्टरमा क्षति पुगेको र पाइलट सुरक्षित रहेको बताइएको छ।

घटनास्थलमा उद्धार टोली पुगेको छ भने सुरक्षाकर्मीहरूले विस्तृत विवरण संकलनको कार्य थालेका छन्। दुर्गम हिमाली क्षेत्रमा हुने हवाई आवागमन मौसम र उचाइका कारण चुनौतीपूर्ण हुने गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*