सोल्टी होटलको सञ्चालकमा वायु सेवा निगमका टंक दाहाल नियुक्त

१२ कार्तिक २०८२, बुधबार १०:३०

काठमाडौं । सोल्टी होटल लिमिटेडको संस्थापक सञ्चालकमा टंक निधि दाहाल नियुक्त भएका छन् । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको ठाउँमा सो निगमका मार्केटिङ विभाग प्रमुख टंक दाहाललाई सञ्चालकमा नियुक्त गरिएको होे ।

सोल्टी होटलको सञ्चालकमा दाहाललाई कात्तिक ११ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको छ । नेपाल वायु सेवा निगमका अध्यक्ष अधिकारीको कार्यकाल समाप्त भएका कारण सञ्चालकमा दाहाललाई नियुक्त गरिएको होटलले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*