एनएमबि बैंकको कार्ड सेवा अस्थायी रूपमा अवरुद्ध हुने, यस्तो छ कारण
१२ कार्तिक २०८२, बुधबार ११:२७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले कार्ड प्रणाली मर्मतका कारण केही समयका लागि आफ्नो कार्डसम्बन्धी सेवा अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार कात्तिक १४ गते शुक्रबार साँझ ८:०० बजेदेखि कात्तिक १५ गते शनिबार दिउँसो ४:०० बजे बैंकका कार्ड, एटीएम, पीओएस र ई–कमर्स सेवा अस्थायी रूपमा बन्द हुने छन् ।
बैंकले कार्ड प्रणाली सम्बन्धी मर्मत कार्य सम्पन्न गर्नका लागि उक्त समयावधिमा सेवा अवरुद्ध हुने बताएको हो । यस कारण ग्राहकहरूले बैंकबाट जारी गरिएका कार्डमार्फत एटीएम, पस तथा अनलाइन भुक्तानी सेवाहरू प्रयोग गर्न नपाउनेछन् ।
बैंकले असुविधाको लागि क्षमायाचना गर्दै यस अवधिमा ग्राहकहरूलाई मोबाइल बैंकिङ लगायतका वैकल्पिक भुक्तानी माध्यमहरू प्रयोग गर्न अनुरोध गरेको छ ।














