५० प्रतिशत शेयरको धितो फुकुवा गर्ने सयपत्री हाईड्रोको निर्णय
१२ कार्तिक २०८२, बुधबार १२:२४

काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडले शेयरधनीहरु र पदाधिकारीहरुको धितोमा रहेको शेयरहरु मध्ये ५० प्रतिशत शेयरहरुको धितो फुकुवा गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक ११ गते बसेको ८४औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले दरम खोला ए जलविद्युत आयोजनाको निर्माणका लिईएको सहवित्तीयकरण ऋण कर्जाको ५० प्रतिशत भन्दा पनि बढी भुक्तानी भईसकेको हुँदा उक्त सहवित्तीयकरण ऋण कर्जा लिँदा र त्यसपश्चात् विभिन्न समयमा यस कम्पनीको शेयरधनीहरु र पदाधिकारीहरुबाट सहवित्तीयकरण बैंकहरुमा राखिएको शेयर धितो मध्ये सबै शेयरधनीहरु र पदाधिकारीहरुको ५० प्रतिशत शेयर धितो फुकुवा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
sayapatri hydropower












