पाँच शर्त पूरा भए पार्टी एकता गर्न तयारः माधव नेपाल

१२ कार्तिक २०८२, बुधबार १४:०१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पाँचवटा शर्तहरू पूरा भएको खण्डमा पार्टी एकता गर्न सकिने बताएका छन्।

उनले बुधबारबाट शुरू भएको पार्टीको केन्द्रीय कमिटि बैंठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै कम्युनिष्ट एकता आजको आवश्यकता भएको तर स्पष्ट आधार नभई एकता सम्भव नहुने बताए।

उनले कायक्रममा बोल्दै समाजवादी क्रान्ति सम्पन्न गर्न एउटा बलियो क्रान्तिकारी शक्तिको आवश्यकता पर्ने र त्यका लागि कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्ने धारणा राखे।

उनले पार्टी एकताका लागि सबैभन्दा पहिलो पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिकारी कार्यक्रम, कार्यदिशा र कार्यनीतिजस्ता मुलभूत विषयमा एकरूपता भएको खण्डमा मात्रै पार्टी एकता सम्भव हुने बताएका हुन्।

यी सबै कुराहरू अत्यन्त महत्त्वपूर्ण भएको र यसमा एकरूपता नभएसम्म कसैसँग पार्टी एकता नहुने स्पष्ट पारे। तर यी कुराहरूमा एकरूपता भएको खण्डमा भने पार्टी एकता गर्न ढिलो गर्न नहुने उनले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*