२६ सूचीकृत कम्पनीको लाभांश घोषणा, कुनको कति ?

१२ कार्तिक २०८२, बुधबार १४:३३

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेका छन्। आजसम्म २६ सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका २६ कम्पनी मध्ये ७ वटा वाणिज्य बैंक रहेका छन् भने चार वटा विकास बैंक रहेका छन् । पूर्वाधार विकास बैंक निफ्राले पनि लाभांश घोषणा गरेको छ। त्यस्तै एउटा फाइनान्स कम्पनी र दुई वटा लघुवित्तले पनि लाभांश घोषणा गरेका छन् । हाइड्रोतर्फ ५ कम्पनीले लाभांश घोषणा गरेका छन्।

हालसम्म लाभांश घोषणा गरेका कम्पनी मध्ये युनिलिभर नेपाल लिमिटेडले सर्वाधिक १८४२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ भने सोल्टी होटेलले ३१.५७ प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै हिमालयन डिस्टिलरीले २५ प्रतिशत लाभांश घोषणा गर्दा नेपाल ल्युब आयलले २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ । एभरेष्ट बैंक र भगवती हाइड्रोले समान २० प्रतिशत लाभांश घोषणा गरेका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत लाभांश घोषणा गरेको छ।

लाभांश घोषणा गरेका मध्ये सबैभन्दा कम लाभांश सिटिजन्स बैंकले प्रस्ताव गरेको छ। बैंकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। त्यस्तै निफ्राले ६.३२ प्रतिशत तथा सानिमा बैंकले ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*