झिनो अकंले घट्यो शेयर बजारः साढे ५ अर्बको कारोबार, राजनीतिक अस्थिरताको दबाब कति ?

१२ कार्तिक २०८२, बुधबार १५:०६

काठमाडौँ । लगातार तिन दिन बढेको शेयर बजार आज घटेको छ । अधिकांश लगानीकर्ताले यस घटबढलाई सामान्य करेक्सनको रुपमा लिएका छन् । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थ मन्त्रालयले शेयर बजारप्रति सकारात्मक दृष्टिकोण देखाएपछि लगानी वातावरण अनुकूल बनेको आभास लगानीकर्ताले पाएका छन् । राष्ट्र बैंकले बजारलाई बाधा पु¥याउने नीति फुकाँउदा लगानीकर्ताको मनोबल बढेको छ र दीर्घकालीन लगानीकर्ताको विश्वास थपिएको देखिन्छ ।

सुधारको यो लहरले मात्र नयाँ लगानीकर्तालाई आकर्षित गरेको छैन, पुराना दीर्घकालीन लगानीकर्तालाई पनि उत्साहित बनाएको छ । बजारमा आएको सुधारले सकारात्मक ऊर्जा भर्नुका साथै लगानीमा नयाँ अवसरहरूको संकेत दिएको विश्लेषकहरू बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१७ अकंले घटेर २५६६.१६ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको १ करोड १५ लाख १ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.३४ प्रतिशत, विकास बैंक समूहको ०.९१ प्रतिशत र फाइनान्स समूहको ०.७७ प्रतिशतले शेयर मूल्य घटेकोे छ ।

बुधबार ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*