सम्बन्धविच्छेद गरेका युवकसँग मायाजालमा पर्दा आत्माहत्या गर्ने बाध्य भइन् युवती

काठमाडौँ । डोटीकी एक युवतीले सम्बन्धको उल्झनका कारण आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुगेकी छिन् । पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलौटकी २७ वर्षीया जानकी खड्का सोमबार आफ्नै घर नजिकै मृत फेला परेकी छन् ।
खड्का बाजुराको बुढीगंगा नगरपालिका–५ स्थित भानुदय नमुना माध्यमिक विद्यालयमा गणित शिक्षिका थिइन् । उनी दिउँसो घरबाट सम्पर्कविहीन भएकी थिइन् भने करिब ७०० मिटर टाढा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित भन्दै शिक्षा तथा समन्वय एकाइ डोटीका विद्यालय निरीक्षक (विनि) २८ वर्षीय गणेश रावललाई पक्राउ गरेको जनाएको छ । प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि बरामद गरेको छ, जसमा खड्काले आफ्ना परिवारप्रति क्षमायाचना गर्दै जीवनप्रति हार मानेकी छिन् ।
सुसाइड नोटमा उनले लेखेकी छिन्, ‘अहिलेसम्म ड्याडी–मम्मीको इज्जत र खुसी सम्झेर बसेकी थिएँ । आज जिन्दगीले अनौठो मोडमा ल्यायो । गणेश रावलले आफैं फ्रेन्ड रिक्वेस्ट पठाएको हो, न मैले भेटेकी छु न देखेकी छु । सबै उसका नाटक हुन् मलाई फसाउने ।’ उनले भाइ र आमाबुबालाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘मेरो आयु यत्ति नै रहेछ । बाबाआमाको इज्जत गुमाएर, कसैको श्रीमान् र बुवा भइसकेको मान्छेसँग जीवन जिउन सक्दिनँ ।’
सुसाइड नोटमा उनले गणेशसँग फोनमा कुराकानी भएको कुरा स्वीकार गरेकी छिन्, तर त्यसलाई गल्ती मानेकी छिन् । उनले आफ्नो परिवारको इज्जत र मूल्यहरूलाई बचाउन आत्महत्या गर्नुपर्ने निर्णय गरेकी झल्किन्छ ।
तर, गणेश पहिले नै सम्बन्धविच्छेद भोगिसकेका व्यक्ति थिए । यही कारण जानकीको परिवारले उक्त सम्बन्धलाई स्वीकार गर्न तयार नभएको बताइन्छ । परिवारको दबाब र समाजको इज्जतको डरले उनी मानसिक तनावमा परेकी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गणेश रावलका एक आफन्तका अनुसार उनीहरूबीच पारस्परिक प्रेम थियो र विवाह गर्ने तयारी पनि भएको थियो । तर, केटी पक्षले सम्बन्धविच्छेद भएको पुरुषसँग सम्बन्ध राख्नु उचित नठानेपछि दुबैबीच दूरी बढ्दै गएको बताइन्छ । आफन्तका भनाइअनुसार, ‘उनीहरूबीच प्रेम थियो, तर केटीको परिवारले इज्जत जाने भन्दै विवाह नगर्ने अडान लिएका थिए । त्यसपछि सम्बन्धमा समस्या बढ्दै गएको थियो ।’
केटाले बिहे नगरे मारि दिन्छु भन्दै फैलिएको कुरा भ्रम रहेको गणेशका एक आफन्तले बताए । उनले भने, ‘केटीले नै सुसाइटममा भेट नभएको कुरा भनेकी छन् । एउटा भेट नभएको केटाले मारी दिन्छ मसँग बिहे गर भनेर धक्की दिए कोही मर्छ तेहि पनि आफ्नो परिवारसँग बसेको केटी । यो भ्रम मात्र हो । एक शिक्षीत केटीले भेट नभएको केटाले धक्की दिदैमा ज्यान दिन्छ । कानुनी उपचार खोज्छ । परिवारले समेत कानुनी उपचार खोज्छ । बाहिर कल्पनिक कुरा गरेर भ्रम फैलाउने काम भयो । ‘ सुसाइट नोट माथि पनि आशंका रहेको उनीले बताए ।
गणेशसँग प्रेम सम्बन्धमा रहेको परिवारको दबाबपछि उनले आत्महत्या गरेको हुन सक्ने आशंका पैदा भएको छ ।













