अल्टिच्यूट एयरको हेलिकोप्टरको बीमा सलिकोमा, कति पर्ला दावी ?

१२ कार्तिक २०८२, बुधबार १७:१०

काठमाडौं । आज विहान ७ः५२ बजेको समयमा सोलुखुम्बुको लोबुचे क्षेत्रमा अल्टिच्यूट एयरको ९एन एएमएस हेलिकोप्टर दुर्घटनामा परेको छ । सो दुर्घटनाको बीमा दावी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा पर्ने देखिएको छ ।

लुक्लाबाट विदेशी पर्यटकको उद्धारको लागि लोबुचे पुगेको उक्त हेलिकोप्टर अवतरणको क्रममा हार्ड ल्याण्डिङ्का कारण दुर्घटना भएको देखिएको छ । दुर्घटनामा पाईलट क्या. विवेक खड्काको सकुशल तत्कालै उद्धार गरिएको कम्पनीले जनाएको छ ।

एयरबस कम्पनीको एच १२५ हेलिकोप्टरको आजको बजार मूल्य करिब ५० करोड रुपैयाँ रहेको छ । यद्यपि जहाजको मूल्य इन्जिनको बाँकी अवधी आदिका आधारमा निर्धारण गरिन्छ ।

सलिकोमा बीमा दावी गर्ने तयारी गरेको कम्पनीले आज विस्तृत परिक्षण गर्न नभ्याएकोले भोलि मात्रै प्राविधिक टोली पुगेर क्षतिको अवस्था हेरेर बीमा प्रक्रिया अघि बढाउने जनाएको छ । कम्पनीका अनुसार हेलिकोप्टर अवतरणको क्रममा हिउँमा चिप्लिन पुगेको थियो । दुर्घटनामा परेको हेलिकोप्टरको पखेटामा क्षति पुगेको देखिएको छ । साथै अन्य संरचनामा क्षति पुगेको भएपनि इन्जिनको अवस्था के भनेर एकिन नभएसम्म वास्तविक क्षतिको विवरण आउने छैन ।

यद्यपि सलिकोमा अधिकतम् ३० करोडसम्म बीमा दावी पर्ने देखिएको छ । न्यूनतम दावी परेको अवस्थामा पाँच करोडभित्रैमा हुनसक्नेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*