ग्लोबल आइएमई बैंक, गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

१३ कार्तिक २०८२, बिहीबार ०६:२४

काठमाडौं । आज कात्तिक १३ गते बिहीबार ग्लोबल आइएमई बैंक लिमिटेड, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

गुँरास लघुवित्त र मुक्तिनाथ कृषि कम्पनीले कात्तिक १४ गते र ग्लोबल आइएमई बैंकले कात्तिक १६ गते बुक क्लोज गर्दैछन्। कात्तिक १४ गते शुक्रबार र १५ गते शनिबार पर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै यी कम्पनीहरूको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। यो प्रस्ताव पारितका लागि कात्तिक २६ गते बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि १९औं वार्षिक साधारणसभा बस्दैछ।

गुँरास लघुवित्तले आफ्ना शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यो प्रस्ताव पारित गर्न कात्तिक २३ गते धनकुटास्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेदेखि १०औं वार्षिक साधारणसभा बस्दैछ।

मुक्तिनाथ कृषि कम्पनीले शेयरधनीहरूलाई चुक्ता पूँजीको ८.४२ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ८.८२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यो निर्णय पारितका लागि कात्तिक २१ गते काठमाडौंको गैरीधारास्थित सिल्भर बक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे ११ बजेदेखि ७औं वार्षिक साधारणसभा बस्दैछ।

साथै यस कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको आधारमा ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*