धनियाँ एकैदिन १३५ रुपैयाँले वृद्धि, हरियो तरकारीको भाउ आकाशियो

१३ कार्तिक २०८२, बिहीबार ०८:३३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो धनियाँको भाउ किलोमा १३५ रुपैयाँले बढेर ३२५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज सानो लोकल गोलभेंडाको भाउ पनि ५६ प्रतिशतले बढेर ४२ रुपैयाँ प्रतिकिलो पुगेको छ भने तीते करेला ५९ प्रतिशतले बढेर ८७ रुपैयाँ र हरियो खुर्सानीको भाउ ४६ प्रतिशतले बढेर ९७ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

तोरीको सागको भाउ भने ३३ प्रतिशतले घटेर ५० रुपैयाँमा झरेको भए पनि आलु, काउली, भन्टा, लौका, परवर, घिरौला, पिंडालु, ब्रोकाउली लगायत अधिकांश हरियो तरकारीको भाउ बढेको छ।

हेरौं हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*