कपिलवस्तुमा रात्रिबस दुर्घटना, एकको मृत्य, पाँच जना घाइते

१३ कार्तिक २०८२, बिहीबार ०९:२०

काठमाडौं । तौलीहवाको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति रात्रिबस दुर्घटनामा पर्दा एक जनाले ज्यान गुमाएका छन् भने अन्य पाँच जना घाइते भएका छन्।

राति करीब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको यात्रुबाहक रात्रिबस बाटो क्रस गर्दै गरेको एक पैदलयात्रीलाई ठक्कर दिंदा अनियन्त्रित भई सडकमा पल्टिएको हो।

बसले ठक्कर दिएको पुरुष पैदलयात्रीको उपचारको क्रममा ज्यान गएको हो भने बसमा सवार घाइते पाँच जनालाई प्रहरीले उद्धार गरी सामुदायिक अस्पताल चन्द्रौटामा पठाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*