पोखरामा बुद्ध एयरको जहाज ‘ओभरसुट’, आकाशमा नै होल्ड
१३ कार्तिक २०८२, बिहीबार ११:१८

काठमाडौँ । पोखरा विमानस्थलमा अवतरण गर्न खोजेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ‘ओभरसुट’ भएको छ।
काठमाडौँबाट पोखरातर्फ उडान भरेको जहाज पोखरा विमानस्थलमा अवतरण गर्न खोज्दा दृश्यता कमजोर भएकाले सफल हुन नसकेको बताइएको छ। विमानस्थल क्षेत्रमा वर्षा भइरहेकाले ‘भिजिबिलिटी’ अत्यन्त न्यून बनेको छ।
अवतरणको प्रयास असफल भएपछि जहाज हाल आकाशमै ‘होल्ड’ अवस्थामा रहेको छ। काठमाडौँको मौसमसमेत अनुकूल नभएकाले जहाज पुनः पोखरामा अवतरणको प्रयास गरिरहेको बताइएको छ।













