अन्नपूर्ण बेसक्याम्पमा फसेका १६२ जना पर्यटकको उद्धार

१३ कार्तिक २०८२, बिहीबार १३:५०

काठमाडौं । अन्नपूर्ण बेसक्याम्पमा हिउँ पहिरो र बाक्लो हिमपातपछि अलपत्र परेका सबै १६२ जना पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ।

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस नारच्याङ म्याग्दीबाट पठाइएको उद्धार टोलीले तीन दिनदेखि लगातार सञ्चालन गरेको अभियान अन्तर्गत सबै पर्यटकलाई सुरक्षित रूपमा उद्धार हो।

उद्धार कार्यमा हिमपात र खराब मौसमका कारण कठिनाइ भए पनि डोरीको सहायताले बाटो पहिचान गर्दै पर्यटकलाई गुफाफाँट, सादिखर्क जस्ता सुरक्षित ठाउँमा झारिएको छ। उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्।

लगातार हिमपातका कारण जोखिम बढेपछि मङ्गलबारदेखि उद्धार अभियान शुरु गरिएको थियो। बुधबार मात्रै ५२ जना पर्यटक र बाटो बिराएर अलपत्र परेका २० जनालाई सुरक्षित स्थलमा पुर्‍याइएको थियो। हाल अन्नपूर्ण बेसक्याम्प पूर्ण रूपमा खाली गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*