पर्वको अवसरमा सिप्रदी अटोपार्ट्सको टाटा पार्ट्स मेला– लक्की ड्रमा बम्पर पुरस्कार

१३ कार्तिक २०८२, बिहीबार १३:५३

काठमाडौँ । सिप्रदी अटोपार्ट्स प्रा. लि. ले आफ्ना ग्राहकहरूको लागि पर्वको अवसरमा विशेष उत्सव योजना घोषणा गरेको छ। कम्पनीले ‘पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला’ अन्तर्गत बहुप्रतीक्षित लक्की ड्रको ग्राण्ड रिभिल मिति नोभेम्बर ७ (कार्तिक २१) मा गर्ने भएको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले नोभेम्बर ६ (कार्तिक २०) सम्म सहभागी भई विभिन्न आकर्षक लाभ प्राप्त गर्न सक्नेछन्। विजेताहरूको घोषणा कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण मार्फत गरिनेछ।

अफरमा सहभागी हुने ग्राहकहरूले पाउन सक्ने पुरस्कारहरूमा प्रमुख बम्पर उपहारको रूपमा बजाज पल्सर १५० सिसि मोटरसाइकल राखिएको छ। यससँगै टीभीएस एनटर्क १२५ सिसि स्कुटर, स्मार्ट टिभी, स्मार्टफोन जस्ता पुरस्कारहरू पनि सहभागी छन्। हरेक खरिदमा रु. १,००० सम्मको क्यासब्याक कुपन प्राप्त हुने व्यवस्था गरिएको छ।

सिप्रदी अटोपार्ट्सका अनुसार, यो अफर दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सञ्चालन गरिएको हो र टाटा सवारीसाधन प्रयोगकर्ताबीच उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। कम्पनीले ग्राहकहरूलाई समयमै टाटा जेन्युइन पार्ट्स खरिद गरी लक्की ड्रमा सहभागी हुन आग्रह गरेको छ।

कम्पनीले थप जनाएको छ कि टाटा मोटर्सद्वारा निर्मित टाटा जेन्युइन पार्ट्स, टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स ले सवारीसाधनका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण भागहरूको दीर्घायु सुनिश्चित गर्दै गाडीको प्रदर्शन उत्कृष्ट बनाउँछन्। यी पार्ट्स उच्च गुणस्तरका र टाटाद्वारा प्रमाणित भएकाले नेपालभरका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले यसलाई सबैभन्दा भरपर्दो विकल्पको रूपमा रोज्दै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*