हरियो तरकारीको भाउ आकाशियो, कुनको कति?

१४ कार्तिक २०८२, शुक्रबार ०८:३२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अधिकांश हरियो तरकारीको भाउ अघिल्लो दिनको तुलनामा उच्च दरले बढेको छ। अघिल्लो दिन पनि हरियो तरकारीको भाउ बढेको थियो।

आज सानो लोकल गोलभेंको भाउ ७० प्रतिशतले बढेर ७३ रुपैयाँ, स्थानीय काउलीको भाउ ६१ प्रतिशतले बढेर १५२ रुपैयाँ, लाम्चो भन्टाको भाउ ४० प्रतिशतले बढेर ६५ रुपैयाँ र लोकल घिउ सिमीको भाउ ४१ प्रतिशतले बढेर ८५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यसैगरी घिरौलाको भाउ २६ प्रतिशतले बढेर ८२ रुपैयाँ, बरेलाको भाउ ३४ प्रतिशतले बढेर ४७ रुपैयाँ, रायो सागको भाउ १६६ प्रतिशतले बढेर १३६ रुपैयाँ र तोरीको साग ७० प्रतिशतले बढेर ८५ रुपैयाँ प्रतिकिलो औसत मूल्य तोकिएको छ।

हेरौं हिजो र आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*