आज चार प्रदेशमा भारी वर्षा र तीन प्रदेशमा हिमपातको सम्भावना
१४ कार्तिक २०८२, शुक्रबार ०९:०४

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज नेपालको सातै वटा प्रदेशमा वर्षा र केहीमा हिमपातको सम्भावना रहेको बताएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको र कोशी, बागमती र गण्डकी प्रदेशमा हिमपातको सम्भावना रहेको जानकारी दिएको छ। त्यस्तै बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले औंल्याएको छ।
त्यस्तै आज राति कोशी प्रदेशमा भारी वर्षा र हिमपातको र बागमती प्रदेशमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बाँकी प्रदेशहरूमा भने केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरेको छ।














