भिजिविलिटी कमजोर हुँदा देशभर उडान अस्तव्यस्त

१४ कार्तिक २०८२, शुक्रबार १०:३३

काठमाडौँ । बाक्लो तुवाँलोका कारण शुक्रबार बिहानदेखि देशका विभिन्न आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार पोखरा, भरतपुर र तुम्लिङटार गन्तव्यतर्फ हुने उडानहरू पूर्ण रूपमा अवरुद्ध भएका हुन्।

त्यस्तै, बाक्लो तुवाँलोका कारण अवतरणमा कठिनाइ भएको छ। केही विमानहरूले लामो समयसम्म होल्ड गरेर मात्रै अवतरण गर्न सक्ने अवस्था बनेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि दृश्यता ५०० मिटरभन्दा तल झरेको र भरतपुरमा समेत उडानका लागि आवश्यक न्यूनतम दृश्यता पुगेको छैन। मौसम सुधार नहुँदासम्म उडान स्थगित रहने जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*