कामना सेवा विकास बैंकको प्रथम त्रैमासिक रिर्पोट यस्तो देखियो

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार बैंकले समीक्षा अवधिसम्म ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले त्रैमासको अन्त्यसम्म १९ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । सोही अवधिसम्म बैंकको कर्जा–निक्षेप अनुपात ८६।३५ प्रतिशत रहेको छ भने कुल सम्पत्ति ७१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । बैंकको निष्क्रिय कर्जा अनुपात ४।४१ प्रतिशत रहेको विवरणमा उल्लेख गरिएको छ ।
हालै बैंकले नेपालको बैंकिङ इतिहासमै नयाँ सेवा ‘डोरस्टेप बैंकिङ’ सार्वजनिक गरेको थियो, जसमार्फत ग्राहकले घरमै डिजिटल प्रविधिमा आधारित बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् । गत महिना सम्पन्न १९औं वार्षिक साधारणसभाले आव २०८१र८२ को संचित मुनाफाबाट शेयर धनीहरूलाई १५।७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।













