सिटिजन्स र सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१६ कार्तिक २०८२, आईतवार ०७:३३

काठमाडौं । आज कात्तिक १६ गते आइतबार सिटिन्स बैंक इन्टरनेशनल लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि यी दुई बैंकहरूले भोलि कात्तिक १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।
सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ।
यता सिद्धार्थ बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही कात्तिक ३० गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे २४औं वार्षिक साधारणसभा बस्दैछ।













