आजदेखि सरकारी कार्यालय ४ बजे बन्द हुने

१६ कार्तिक २०८२, आईतवार ०९:०९

काठमाडौं । आज कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयहरू बिहान १० बजेदेखि ४ बजेसम्म मात्रै खुल्नेछन्।

हरेक वर्ष कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गर्छ भने शुक्रबारको दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुल्ला रहनेछ।

यसबाहेकका अन्य समयमा भने कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुल्नेछ। अहिले रात लामो र दिन छोटो हुने भएकाले कार्यालय खुल्ने समय १ घन्टा घटाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*