नेरुडे मिर्मिरे लघुवित्तको प्रथम त्रैमासिक समिक्षा गोष्ठी बर्दिबासमा भव्य रुपमा सम्पन्न

१६ कार्तिक २०८२, आईतवार १०:३२

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको त्रैमासिक समिक्षा गोष्ठी बर्दिबासमा सम्पन्न भएको छ । संस्थाको मदेश प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुको २०८२ कार्तिक १४ र १५ गते गरि २ दिने त्रैमासिक समिक्षा, कार्यदिशा, तथा प्रशिक्षण गोष्ठी २०८२–०८३ सम्पन्न भएको हो । उक्त त्रैमासिक समीक्षा, आगामी कार्यदिशा तथा प्रशिक्षण कार्यक्रम बर्दिबासको होटल विनायक होटलको सभा कक्षमा सम्पन्न भएको थियो ।

संस्थाका तालिम विभागका कर्मचारी सुमन थापाको उद्घोषण रहेको समिक्षा कार्यक्रम बिहान ९ः०० बजेदेखि प्रारम्भ भई बेलुका ६ बजेसम्म चलेको उक्त कार्यक्रमको सभाध्यक्षता संस्थाका मधेश प्रदेश प्रमुख बिक्रम शाहको रहेको थियो भने प्रमुख अतिथि वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत भागनारायण साहु रहनु भएको थियो । कार्यक्रममा वित्तीय संस्थाका सहायक कार्यकारी प्रमुखद्वय ऋषि प्रसाद न्यौपाने र दिनेश कटुवालको समेत उपस्थिति रहेको थियो ।

प्रदेश कार्यालय अन्तर्गत रहेका ६१ वटा शाखा कार्यालय, ७ वटा क्लष्टर र विभागीय प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको पहिलो दिन शाखाहरुको त्रैमासिक प्रगति र बार्षिक व्यवसायिक लक्ष्य अनुसारको त्रैमासिक उपलब्धिको तुलनात्मक प्रस्तुतिका साथै पृष्ठपोषण समेतको प्रस्तुति रहेको थियो भने सोहि सेसनमा वित्तीय संस्थाका अनुगमन तथा असुली विभाग प्रमुख वेद प्रसाद आचार्यले वित्तीय संस्थाको आगामी कार्य दिशा बारे प्रकाश पार्दै शाखाहरुलाई असुली तथा कर्जा लगानी बृद्दी, निक्षेप वृद्धि, निष्कृय कर्जा व्यवस्थापन, र कानुनि असुली प्रक्रिया सम्बन्धि प्रेरणात्मक प्रस्तुति गरेका थिए ।

कार्यक्रमको दोश्रो दिन वित्तीय संस्थाका सहायक कार्यकारी प्रमुख एवं योजना, संचालन, तालिम तथा उद्यमशीलता बिकास विभागका प्रमुख दिनेश कटुवालले वित्तीय संस्थाका बर्तमान समस्या र चुनौतीहरूको सामना गर्न कर्मचारीहरुलाई उत्प्रेरणात्मक तालिम सहजीकरण गर्दै संस्थाले निर्धारण गरेको चालु आर्थिक बर्षको बार्षिक योजनाबारे जानकारी गराउदै सो को लक्ष्य प्राप्तिका लागि मार्गदर्शन गरेका छन् ।

सहायक कार्यकारी प्रमुख एवं आन्तरिक लेखा परीक्षण विभाग प्रमुख ऋषि प्रसाद न्यौपानेले कर्मचारीहरुलाई लक्ष्य प्राप्तिको दिशामा एक ढिक्का भए अघि बढ्न र वित्तीय संस्थाले हाल बेहोरिरहेका चुनौतीहरूको कुशलतापूर्वक सामना गर्न सुझाव तथा निर्देशन प्रदान गरेका छन् ।

प्रदेश कार्यालय मातहतका शाखाहरु मध्ये गत आर्थिक बर्षमा विभिन्न सूचक अन्तर्गत उत्कृष्ट नतिजा हासिल गरेका शाखा लाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको वित्तीय संस्थाको प्रदेश कार्यालयले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं वित्तीय संस्था कार्यकारी प्रमुख भागनारायण साहुले हाल वित्तीय क्षेत्रमा देखिएका र यस संस्थाले भोगिरहेका समस्या र चुनौतिहरु सामना गर्दै अघि बढ्न सहभागी तथा सम्पूर्ण कर्मचारीलाई निर्देशन तथा सुझाव प्रदान गरेका छन् ।

कार्यक्रमलाई निष्कर्षमा ल्याउँदै प्रदेश प्रमुख विक्रम शाहले कर्मचारीहरूलाई दत्तचित्त भई आफ्नो कार्यमा लाग्न र वित्तीय संस्थाको चालु आर्थिक बर्षको निर्धारित व्यवसायिक लक्ष्य एवं उद्देश्य हासिल गर्नको लागि सन्देश दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*