समयमै मल नपाउँदा हिउँदे बाली घट्ने भन्दै चिन्तामा किसान

१६ कार्तिक २०८२, आईतवार १४:४२

काठमाडौं । समयमा नै मल नपाउँदा यसपालिको हिउँदे बाली उत्पादनमा गिराउव आउने कुराले देशभरीका किसानहरु चिन्तित छन् ।
देशको जेन–जी आन्दोलनका कारण भएको बिद्रोहले नागरिक सरकार गठनको पनि डेढ महिना वितिसक्दा समेत सुदूरपश्चिमका किसानहरुले सिजनमै मल पाउन सकेका छैनन् ।

सुदूरपश्चिमसहित देशभरीका किसानहरु गहुँ छर्ने र तरकारी बाली लगाउने तयारीमा छन् । तर किसान र विक्रेतासमेत रासायनिक मल नपाएर हिउँदे बाली उत्पादन घट्ने भन्दै चिन्तित छन् । सुदूरपश्चिममा यति बेला युरिया मलको चरम अभाव छ । यो गहुँ, तोरी, मसुरोलगायत खाद्य, दलहन तथा तेलहन बाली र आलुलगायत मुख्य तरकारी लगाउने बेला हो ।

बालनाली लगाउने बेला सुरु भइसक्दासम्म रासायनिक मल नपाएर तनाव भएको दिपायल सिलगढी नगरपालिका–१० तिखाका उदय खड्काले बताए । डोटी, कैलाली लगायतका जिल्लाका किसानहरुले यतिबेला खेत जोतेर मल नपाएका कारण खाली बस्नु परेको छ । सुदूरपश्चिममा रासायनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने निकाय कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुन् । हाल दुवै निकायमा युरिया मल छैन ।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवसिंह बोगटीले आउँदो मंगलबारदेखि मल बिक्री सुरु गर्ने प्रयास गरिरहेको बताए । ‘दिनको १ सय २५ टन बिक्री गर्न पुग्ने परिमाणमा मौज्दात भए मात्रै बिक्री सुरु गर्छौं,’ बोगटीले भने, ‘बिहीबारसम्म डेढ सय टन मात्र आइपुगेको छ ।’ कम्पनीको प्रादेशिक कार्यालयले कञ्चनपुर र डोटीबाहेकका जिल्लाका किसानका लागि मल बिक्रीवितरण गर्दै आएको छ । कञ्चनपुर र डोटीमा कम्पनीको आफ्नै कार्यालय छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*