नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

१६ कार्तिक २०८२, आईतवार १३:४७

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।

बैंकले यसअघि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिएर असोज ९ गतेदेखि ३५ दिनको अवधि तोकी कुल ८८ हजार ८०५ कित्ता शेयर बिक्रीमा राखेकोमा आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

यसमा अहिले बैंकका संस्थापक शेयरधनीहरू बाहेक सर्वसाधारण व्यक्ति, कम्पनी, संघसंस्था लगायतले आवेदन दिन सक्नेछन्। यसका लागि आगामी ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*