भक्तपुरबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

१६ कार्तिक २०८२, आईतवार १४:२४

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिला प्रतिवादीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ४ घर भएकी र हाल मध्यपुर थिमी बस्ने ४७ वर्षीया पार्वती श्रेष्ठ रहेको छ।

शनिबार उनलाई मध्यपुर थिमी नगरपालिका वडा नम्बर ४ स्थित नयाँ थिमीबाट जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको जनाएको छ। प्रहरीले फरार प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*