पुँजी बजारमा रौनकः फाइनान्स र जीवन बीमाको शेयरमा ‘बुम’, मार्केट लयमा आइसकेको हो ?

१६ कार्तिक २०८२, आईतवार १५:०९

काठमाडौँ । पछिल्लो समय नेपाल शेयर बजारमा सुधारको संकेत देखिन थालेको छ । साताको पहिलो कारोबारमा बजार दोहोरो अंकले बढेको छ भने लगानीकर्ताको मनोबल पनि बलियो हुँदै गएको छ । निरन्तर हरियाली देखिनु र कारोबार रकम बढ्नु बजारको सुधारतर्फको संकेतका रुपमा लिइएको छ ।

विशेषगरी नेपाल राष्ट्र बैंकले बजारलाई प्रभावित गर्ने केही नीतिहरूमा सुधार गरेपछि लगानीकर्तामा उत्साह देखिएको छ । दशैं र तिहारको चहलपहलले केहि दबाब सिर्जना गरे पनि बजार अब सकारात्मक दिशा तर्फ अघि बढिरहेको छ। लगानीकर्ताहरूले पनि बजारमा देखिएको सुधारलाई सकारात्मक रुपमा लिएका छन् ।

बजार सुधारमा सहयोग पुर्याउने अन्य कारकहरूमध्ये ब्याजदरमा निरन्तर गिरावट र सरकार तथा नियामक निकायको उदारवादी दृष्टिकोण पनि महत्वपूर्ण रहेको छ । यी सकारात्मक नीतिहरू र लगानीकर्ताको मनोबल वृद्धि भएकोले शेयर बजारको आगामी यात्रा सुधारतर्फ लम्कने अपेक्षा गरिएको छ ।

यद्यापी, शेयर बजारलाई प्रभाव गर्ने राजनीतिक अस्थिरता भने अझै कायम नै रहेको देखिन्छ । तोकिएको समयमा निर्वाचन हुन सक्ने वा नसक्ने अन्यौलले लगानीकर्तालाई केहि त्रास भने कायमनै रहेको आंकलन हुन थालेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.७५ अकंले घटेर २६३१.१४ बिन्दुमा कायम भएको छ । आज३१९ कम्पनीको २ करोड ९७ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज फाइनान्स र जीवन बीमा बुल आएको देखिएको छ । आज वाणिज्य बैंक समूहको ०.२९ प्रतिशत, विकास बैंक समूहको ०.९० प्रतिशत, फाइनान्स समूहको ५.१७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.२० प्रतिशत, जीवन बीमा समूहको ४.३५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आइतबार ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज२०५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४२ कम्पनीको घट्न पुगेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यता, सर्वाधिक कारोबार हुनेमा हिमालयन बैंकको संस्थापक शेयर रहेको छ । उक्त शेयर १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*